
साबित्रा पौडेल, माघ १० गुल्मी।
ज्योति आधारभूत विद्यालय छत्रकोट गाउँपालिका ५ गुल्मीमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।
ढुङ्गे देउराली युवा क्लब छत्रकोट गाउँपालिका वडा नं ५ मानकोट गुर्जिनेटा गुल्मीले विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि दुई कक्षासम्मका ३५ जना विद्यार्थीलाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरेको हो ।
क्लबका अध्यक्ष पदम न्यौपानेको संयोजकत्व रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा समाजसेवी तुलसीराम पन्थको प्रमुख अतिथ्यता रहेको थियो ।
उक्त विद्यालयमा अधिकांश दलित र केही जनजाति तथा अन्य जातका विद्यार्थीहरू अध्ययनरत छन् ।
न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रध्यानाध्यापक पन्तले क्लबलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेको क्लबका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्यार्थीको सङ्ख्या घट्दै गएकोले न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन टेवा पुग्ने विश्वास विद्यालयले लिएको छ ।
ढुङ्गे देउराली युवा क्लब अन्य विभिन्न सामाजिक कार्यहरूमा समेत अग्रसर रहेको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर कुँवर, विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पन्त, शिक्षक अभिभावक संघका अध्यक्ष बसन्त कुँवर, क्लबका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।