
साबित्रा पौडेल, माघ १०, गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिका ५ मानकोट भिउडाँडा निवासी धन बहादुर विक विगत १ वर्षदेखि क्यान्सरको बिरामी छन ।
बिक उपचारको लागि रकमको अभावमा अहिले घरमै छन । उनलाई गिजा र जिब्रोको क्यान्सर रोग लागेको छ।
बिकको गिजा र जिब्रोको अप्रेसन भने भइसकेको छ । गिजा र जिब्रोको अपरेसनको लागि नौ लाख खर्च भइसकेको र अन्य उपचारको लागि अझै धेरै खर्च लाग्ने उनको घरपरिवारले जनाएको छ ।
बिककी श्रीमती देवी बिकका अनुसार उनको नेसनल सिटी हस्पिटल भरतपुरमा गिजा र जिब्रोको अप्रेसन भएको र थप उपचारको लागि बीपी कोइराला हस्पिटल भरतपुरमा लगिएकोमा रकम अभावका कारण घरमै बस्नुपरेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएको र उपचारको लागि धेरै रकम लाग्ने भएकाले सहयोग गर्दिन श्रीमती विकले अपिल गरेकी छन्।
अहिलेसम्म आफन्त सँग ऋण धन गरेर उपचार गरेको भएपनि अब बाँकी उपचारलाई रकम दिने सहयोगी मान्छे नभएको भन्दै उनले सहयोग गरिदिन अपिल गरेकी हुन् ।
४८ वर्षीय धनबहादुर बिक बिरामी हुनुभन्दा अघि भारतको मुम्बईमा काम गर्दै आएका थिए।
विकलाई सहयोग गर्न उनकी श्रीमती देवी बिकको नाममा साइन रेसुङ्गा बैंकको खाता नम्बर 02700700200940000001
र विकको मोबाइल नम्बर 9861317162 मा सहयोग गर्न सक्नुहुनेछ ।