गुल्मीको अमरअर्वाथोकमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमको अभिमुखिकरण

जेष्ठ ८ , गुल्मी ।

गुल्मीको गुल्मी दरबार गाउँपालिका अमरअर्वाथोकमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमको अभिमुखिकरण गरिएको छ ।

” हाम्रो गाउँ स्वस्थ बनाऔं” कार्यक्रम अन्तर्गत आज अमरअर्वाथोकको साविक वडा नं १ तोसबाट अभिमुखिकरण कार्यक्रमको सुरुवात गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा एक जना गर्भवती महिला (भीमा थापा) लाई सम्मान समेत गरिएको थियो ।

अभिमुखिकरण कार्यक्रममा पूजा थापाको अध्यक्षता रहेको थियो भने वडा सदस्य ज्ञान कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

स्वास्थ्य चौकी प्रमुख मदन कुमार श्रेष्ठको विशेष आतिथ्यता तथा सि अ न मि मनिसा नेपाली र अहेब भुपेन्द्र कंडेलको आतिथ्यता रहेको कार्यक्रममा स्वयंसेवीका रेनुका कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको संचालन भूपेन्द्र कंडेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *