जेष्ठ १० , गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकामा रहेका किशोरीहरुको रक्तअल्पता परिक्षणको लागी बुधबार पनि नमुना संकलन गरिएको छ ।
यो कार्यक्रम मंगलबार बाट सुरु गरिएको थियो ।
बुधबार गाउँपालिका भित्रका ३८८ जना किशोरीको रक्तअल्पताका लागि नमुना संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले बताउनुभयो ।
जसअन्तर्गत बुधबार झेर्दी आधारभूत बिद्यालय हुगाँका २९ जना किशोरीको रक्तअल्पता परिक्षको लागि नमुना संकलन गरिएको छ ।
यस्तै छत्रदेवी ईभरग्रीन इङलिस बोर्डिङ स्कुल पल्लिकोटमा ४६ जना तथा चण्डीदेवी आधारभूत बिद्यालय हर्दिनेटाका ३२ जना किशोरीको नमुना संकलन गरिएको उहाँको भनाइ छ ।
श्रीङ्गा जनता माध्यमिक बिद्यालय श्रीङ्गाका ९७ जना किशोरीको रक्तअल्पता परिक्षणको लागि नमुना संकलन गरिएको छ ।
भने जन माध्यमिक बिद्यालय खर्ज्याङ्गका ७६ जना तथा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय दौघाका १०८ जना किशोरीको रक्तअल्पता परिक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताउनुभयो ।