गुल्मीको छत्रकोटमा किशोरीको रक्तअल्पताका लागि नमुना संकलन सुरु

जेष्ठ ९ , गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिका भित्र रहेका किशोरीको रक्तअल्पता परिक्षण सुरु भएको छ ।

गाउँपालिका भित्रका सबै किशोरीको रक्तअल्पता परिक्षण कार्यक्रम अन्तर्गत मंगलबार ५ सय ५६ जना किशोरीको रक्तअल्पता परिक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले जानकारी दिनुभयो ।

जसअन्तर्गत जनजागृती माध्यमिक बिद्यालय हुगाँका १२४ जना किशोरीको रक्तअल्पता परिक्षणका लागि नमुना संकलन गरिएको छ । भने जनज्योति माध्यमिक बिद्यालय पल्लिकोटका ८९ जना किशोरीको रक्त अल्पता परिक्षणका लागि नमूना संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताउनुभयो ।

यस्तै सरस्वती माध्यमिक बिद्यालय हर्दिनेटामा ९२ जना तथा आदर्श माध्यमिक बिद्यालय दिगाममा १३९ जना किशोरीको नमूना संकलन गरिएको छ ।

आत्मबोध माध्यमिक बिद्यालय खर्ज्याङ्ग्मा १५१ किशोरीको रक्तअल्पता परिक्षणका लागि नमूना संकलन गर्दा आदर्श माध्यमिक बिद्यालय दौघाका २१ किशोरीको नमूना संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख पोखरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *