मर्यादित ढंगले होली मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीको आग्रह

साबित्रा पौडेल , चैत ९ गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले मर्यादित र सभ्य ढंगले फागु पर्व (होली) मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले शुक्रबार सूचना जारी गर्दै होली मनाउने क्रममा कानून विपरितका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

होलीमा जबर्जस्ती रंग दल्ने, लोला हान्ने, पानीले छ्याप्ने जस्ता अमर्यादित र उश्रृङ्खल गतिविधि गर्ने व्यक्तिलाई कडा कानूनी कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जारी गरेको सूचनामा होली मनाउने बहानामा कसैको इच्छाविपरित रंग दल्ने, लोला हान्ने, बाटोमा लुकेर बुटवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने लगायतका उश्रृङ्खल र अवाञ्छित किसिमका कुनै पनि गतिविधि नगर्न भनिएको छ ।

प्रशासनले मर्यादित र सभ्य ढंगले मनाएर होलीको धार्मिक एवं साँस्कृतिक महत्व सिद्ध गर्न अनुरोध गर्दै कानून विपरित कार्यहरु गरेको पाइएमा प्रचलित नियमअनुसार कारबाही गरिने समेत सुचनामा उल्लेख छ ।

यस वर्ष पहाडी जिल्लामा चैत्र ११ गते र तराईका जिल्लामा चैत १२ गते होली (फागु) पर्व मनाइदै छ ।

साथै जिल्ला प्रशासन कार्यालय गुल्मीले रंगिन पर्व होलीको अवसरमा गुल्मी जिल्लाबासी सम्पुर्णमा सुख , शान्ती , समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको सुचना;

Leave a Reply

Your email address will not be published. Required fields are marked *