चैत ९ , अर्घाखाँची धातिवाङ्ग ।
वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गका सामुदायिक विद्यालयमा अध्ययनरत छनोट भएका ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री १ वटा झोला १ सेट ड्रेसको कपडा २० पिस कापी र ५ पिस डटपेन वितरण समारोह एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ ।
पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदस्य तारा पौडेल र वडा सचिव राजन महत्राको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काग्रेंस वडा कार्य समितिका उपसभापति लिलापति पौडेल, स्वास्थ्य चौकी धातिवाङ्गका प्रमुख मित्रदेव पौडेल, अम्मर आधारभुत विद्यालयका प्रधानाध्यापक हिमलाल पौडेल, सुर्योदय आधारभुत विद्यालयका प्रधानाध्यापक घनश्याम पौडेल, सिता आधारभुत विद्यालयका प्रधानाध्यापक राजबहादुर सारु, कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेल, धातिवाङ्ग माध्यमिक विद्यालयला शिक्षिका दुर्गा न्यौपाने पौडेल, शिक्षकहरु सुमन घिमिरे, बसन्ता झाँक्री, पाणिनि गाउँपालिका रोजगार संयोजक शालिकराम पाण्डे, वन प्राविधिक तिलक बन्जाडे, जनप्रतिनिधिहरु तारा पौडेल, पुनिकुमारी वि.क., खगेश्वर पौडेल र हरिप्रसाद पौडेल लगायत विद्यार्थीहरु अभिभावक लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
साथै सोही क्रममा सिता आधारभूत विद्यालयमा कार्यरत शिक्षिका बसन्ता झाँक्रीले हालै शिक्षक सेवा आयोगबाट प्रकाशित नतिजामा सफल भएकोमा वडा कार्यालयको तर्फबाट बधाई तथा शुभकामना समेत व्यक्त गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।