पाल्पाका दश वटै पालिकामा क्षयरोगी

रेखीराम राना

तानसेन, चैत १० गते । पाल्पामा दुई सय बढी क्षयरोगी भेटिएका छन् । जिल्लाको दश वटै पालिकामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । चालु आवको नौ महिनाको अवधिमा जिल्लाभर २२७ जना क्षयरोगी पत्ता लागेको कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

गत वर्ष ३३४ जना क्षयरोगी फेला परेकामा यो वर्ष नौ महिनामा २२७ जना फेला परेको र तिनीहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । नौ महिनाको अवधिमा सबैभन्दा बढी तानसेनमा ४५ जना, रामपुरमा ४१ जना, निस्दीमा ३१ जना क्षयरोगी फेला परेका छन् । यस्तै माथागढीमा २३ जना, रैनादेवी छहरामा २५, पूर्वखोलामा १७, रम्भामा १५, रिव्दीकोटमा १० तिनाउमा १४ जना क्षयरोगी भेटिएको कार्यालयका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो ।

जिल्लामा क्षयरोग लागेका ९५ प्रतिशत रोगी निको भएका छन् । गत वर्ष क्षयरोग पत्ता लागेका बिरामीमध्ये अधिकांश निको भएको अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *