साबित्रा पौडेल, भदौ ३१ गुल्मी ।
हरितालिका तीजको अवसरमा रेडियो श्रीङ्गेश्वरले आयोजना गरेको तीज महामेला २०८१ अन्तर्गत तीज अनलाइन कम्पिटिसनको नतिजा सार्वजनिक भएको छ।
तीज अनलाइन कम्पिटिसनमा अर्घाखाँचीको सीतापुरकी जमुना विश्वकर्मा प्रथम हुनुभएको छ।
यस्तै बाग्लुङको जलजलाकी प्रीती परियार द्वितीय र पोखराथोक अर्घाखाँचीकी प्रेमी उचइ तृतीय हुनुभएको छ ।
मौलिक कला र संस्कृतिको जगेर्नासँगै नयाँ प्रतिभा पहिचान गर्नको लागि आयोजना गरिएको तीज अनलाइन कम्पिटिसनमा दर्जनौ प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए।
प्रतियोगितामा प्रथम हुन सफल अर्घाखाँचीको सीतापुरकी जमुना विकलाई नगद १० हजार र प्रमाणपत्र सहित सम्मान गरिने रेडियो श्रीङ्गेश्वरका स्टेसन म्यानेजर ईश्वरी बस्यालले जानकारी दिनुभयो।
यस्तै जलजला बाग्लुङकी प्रीति परियारलाई नगद रु ५ हजार र तृतीय हुन सफल पोखराथोक अर्घाखाँचीकी प्रेमी उचइलाई नगद रु २,५०० र प्रमाणपत्र सहित सम्मान गरिने स्टेसन म्यानेजर बस्यालले जानकारी दिनुभयो।
हरितालिका तीजको अवसरमा रेडियो श्रीङ्गेश्वरले प्रत्येक वर्ष तीज महामेला सञ्चालन गर्दै आइरहेको छ।