तीज महामेलाको अन्तिम नतिजा केहीबेरमा

लोक रेडियो प्रा.लि.द्धारा संचालित रेडियो श्रृङ्गेश्वर एफ् एम् १०४.४ ले आयोजना गरेको तीज महामेलाको अन्तिम नतिजा आज सार्वजनिक हुँदैछ । यससँगै तीज पर्वको अवसरमा आयोजित सो प्रतियोगितात्मक कार्यक्रमको पनि समापन हुनेछ ।

महामेला संयोजक सहकर्मी कपिल गौतमका अनुसार प्राप्त नृत्य भिडियोहरुको मिहिन ढंगले मूल्याङ्कन गरी अहिले साढे ८ बजेपछि अन्तिम नतिजा सार्वजनिक हुँदैछ ।

नतिजासम्बन्धी अन्तिम निर्णय गर्न अहिले श्रृङ्गेश्वर एफ् एम् १०४.४ को कार्यालयमा महामेलासम्मिलित बैठक जारी छ ।तीज महामेला २०८१ मा व्यक्तिगत र संस्थागत गरी कुल ५० ओटा नृत्य स्पर्धाका लागि छनौटमा परेका थिए ।

मूल्याङ्कन समिति संयोजक तथा लोकदोहरी प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष जनक पन्थका अनुसार प्रतियोगीहरुको नृत्यप्रस्तुती, हाउभाउ, भेषभुषाका साथै फेसबुक पेजमा प्राप्त दर्शकसंख्या, समर्थक र साझा गर्नेको संख्या समृतका आधारमा अन्तिम नतिजा निकालिएको हो ।

मुल्याङ्कनका लागि पन्थको संयोजकत्वमा लोकदोहोरी गायक दुर्गा घायल र रेडियो श्रृङ्गेश्वरकी प्रस्तोता साबित्रा पौडेल सदस्य सम्मिलित समिती गठन गरेको थियो ।

नतिजा रेडियो श्रृङ्गेश्वरको आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *