साबित्रा पौडेल , असोज १ गुल्मी ।
रेडियो श्रीङ्गेश्वरले आयोजना गरेको तीज महामेला २०८१ अन्तर्गत नृत्य प्रतियोगिताको पनि नतिजा सार्वजनिक भएको छ।
प्रतियोगितामा कोहलपुर १२ बाँकेकी श्रेया बस्नेत प्रथम हुन सफल हुनुभएको छ ।
यस्तै ड्राइभर टोल रूपन्देहीकि इभा भण्डारी द्वितीय र ग्वादी गुल्मीका उत्सव परियार तृतीय हुन सफल हुनुभएको छ।
तीज महामेला २०८१ मा व्यक्तिगत र संस्थागत गरी कुल ५० वटा नृत्य प्रतियोगिताको लागि छनोटमा परेका थिए।
प्रथम हुन सफल कोहलपुर बाँकेकी श्रेया बस्नेतलाई नगद १५ हजार र प्रमाणपत्र सहित सम्मान गरिने स्टेसन म्यानेजर ईश्वरी बस्यालले जानकारी दिनुभयो।
यस्तै द्वितीय हुन सफल ड्राइभर टोल रूपन्देहीकी इवा भण्डारीलाई नगद रु १० हजार र प्रमाणपत्र तथा तृतीय हुन सफल ग्वादी गुल्मीका उत्सव परियारलाई नगद रु ५००० र प्रमाणपत्र सहित सम्मान गरिने महामेला संयोजक कपिल गौतमले जानकारी दिनुभयो ।
नृत्य प्रतियोगिताको नतिजा प्रतियोगीहरूको नृत्य प्रस्तुति, हाउभाउ, भेषभुषा तथा फेसबुक पेजमा प्राप्त दर्शक, सङ्ख्या, समर्थक र साझा गर्नेको संख्या को आधारमा निकालिएको मूल्याङ्कन समिति संयोजक तथा लोकदोहोरी प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले जानकारी दिनुभयो।
रेडियो श्रीङ्गेश्वरले नृत्य प्रतियोगितालाई आधार बनाएर तीज महामेला २०८१ सञ्चालन गरेको थियो। जस अन्तर्गत तीज अनलाइन कम्पिटिसनको नतिजा पनि सार्वजनिक भएको छ ।
प्रतियोगितामा अर्घाखाँचीको सीतापुरकी जमुना विश्वकर्मा प्रथम, बागलुङको जलजलाकी प्रीति परियार द्वितीय र पोखराथोक अर्घाखाँचीकी प्रेमी उचइ तृतीय हुनुभएको छ ।
रेडियो श्रीङ्गेश्वरले प्रत्येक वर्ष हरितालिका तीजको अवसरमा तीज महामेला सञ्चालन गर्दै आइरहेको छ।