गुल्मीको वीरबास मिसुगामा बृहत भलिबल प्रतियोगिता हुँदै

फागुन ३ , गुल्मी ।

गुल्मीको वीरबासमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
जिल्लाको गुल्मीदरवार गाउँपालिका ४ वीरबास मिसुगामा यहीँ फागुन ६ गतेदेखि १२ गतेसम्म साविक गाविस को पुरुष वडा स्तरीय तथा महिला खुल्ला भलिबल प्रतियोगिता , घैटोफोर प्रतियोगिता , महिला म्युजिकल प्रतियोगिता तथा विविध प्रतियोगिता हुने भएको हो ।

विहानी युवा क्लब मिसुगा गुल्मीले आफ्नो २१ औं बार्षिकोत्सवको अवसर पारी विकास अनुशासन र गतिशीलता युवाहरूको सान सामाजिक सेवा र रास्ट्र निर्माणमा युवाहरूकै योगदान भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरेको हो ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ३०,००० कप मेडल र प्रमाणपत्र तथा द्धितिय हुनेले नगद २०,००० मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद पाँच /पाँच हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा दर्ता शुल्क नगद ३,००० लाग्नेछ भने अनुशासित र उत्कृष्ट खेलाडीलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई नगद १२,००० कप मेडल र प्रमाणपत्र तथा द्धितिय र तृतीय हुनेले क्रमशः नगद ७,००० र नगद ४००० एवं मेडल प्रमाणपत्र उपलब्ध गराईनेछ ।
महिला भलिबल प्रतियोगितामा दर्ता शुल्क नगद १,००० लाग्ने छ ।

प्रतियोगिता गुल्मीदरवार गाउँपालिका ४ वीरबास मिसुगा खेल मैदानमा फागुन ६ गतेदेखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *