नेपाल गन्धर्व संगठन रुरुक्षेत्र गुल्मीले मनायो सारङ्गी दिवस

फागुन ३ , गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा स्थपित नेपाल गन्धर्व संगठनले सांस्कृतिक कार्यक्रम सहित सारङ्गी दिवस मनाएको छ ।

वसन्त पन्चमिको अवसर पारी सारङ्गी दिवस मनाईएको हो । नेपाल गन्धर्व संगठनका अध्यक्ष बिष्णु गन्धर्वको सभापतित्व रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यता , गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अतिथिहरु वडा नं ४ का वडा अध्यक्ष माेति प्रसाद श्रेष्ठ , कार्यपालीका सदस्य मिना नेपाली, वडा नं ४ का सदस्यहरु थान प्रसाद क्षेष्ठ,ममता सुनार , समाजसेवी तथा पुर्व कार्यपालीका सदस्य अन्जु केसी , वडा नं ५ का पुर्व वडा सदस्य दिलमाया गन्धर्व , कृष्ण सुनार, धर्म विश्वकर्मा, दलबहादुर विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ज्ञवाली , बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष गौतमले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा सरिता गन्धर्वले स्वागत मन्तव्य राख्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष ज्ञवालीले शुभकामना मन्तव्य राख्दैँ कला , संस्कृतिको संरक्षण र सम्बर्द्धनको लागी पालिकाबाट गर्नुपर्ने सहयोग सदैव गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

पानसमा दीप प्रज्वलन गरि सरस्वतीको फोटोमा टीका र माल्यापर्ण गर्दै कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरिएको थियो भने कार्यक्रमको संचालन अर्जुन गन्धर्वले गर्नुभएको थियो ।
कार्यक्रममा सभापति गन्धर्वले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदैँ आफ्नो मन्तव्य संगै कार्यक्रमको समापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *