साबित्रा पौडेल भदौ २९ गुल्मी।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सम्पूर्णमा अनुरोध गरेको छ।
सामाजिक सुरक्षा नियमावली २०७६ को नियम ९ को उपनियम १ को दोस्रो संशोधनमा उल्लेख भए बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले श्रावण महिनादेखि भाद्र मसान्तसम्म सम्बन्धित वडा कार्यालयमा नवीकरणका लागि निवेदन पेश गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था बमोजिम गाउँपालिकाले एक सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमा गई भाद्र मसान्तभित्र समाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न लाभग्राहीहरुलाई अनुरोध गरेको हो।
गाउँपालिकाले जारी गरेको सूचना: