दिपा पन्थ ,मंसिर २८ गुल्मी:
रेन्वो ईंग्लिश सेकेन्ड्री बोर्डिङ्ग स्कुल रुरुक्षेत्र गाउँपालिका ४ बलेटक्सार गुल्मीले ३२औँ वार्षिकोत्सबको अवसरमा विभिन्न खेलकुद कार्यक्रम आज बाट सुरु गरेको छ।
विद्यार्थीको चौतर्फी विकासलाई लक्षित गर्दै विद्यालयले २ दिने Rainbow Sport Meet -2080 विभिन्न खेलकुद प्याकेज सुरु गरेको हो ।
आयोजित खेलकुद प्याकेजमा गुल्मी जिल्ला खेलकुद कार्यालयले संचालन गर्ने विद्यालय स्तरीय रास्ट्रपति रनिङ शिल्डमा संचालन हुने सम्पुर्ण खेलहरु आयोजना गरिने विद्यालय प्रशासनले जानकारी दिएको छ।
खेलकुद बिहिवार, शुक्रबार र शनिबार संचालन हुनेछन ।
साथै खेलकुदमा प्रथम,दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल सदनहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक राम प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै यस विद्यालयले पुष १ गतेका दिन “रेन्वो डान्सिङ इडल” नृत्य प्रतियोगिता संचालन समेत गर्दै छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाच प्रतिको रुचिलाई मध्येनजर गर्दै यो कार्यक्रम प्रत्येक वर्ष यसै दिन संचालन हुदै आइरहेको विद्यालयका सहायक प्रिन्सिपल यज्ञ प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई क्रमश: नगद ३०००, २००० र १००० सहित ट्रफी र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिने छ।
साथै यो विद्यालय गुल्मी जिल्लामा प्रत्येक वर्ष S.E.E परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्दै आईरहेको विद्यालय हो ।
यसका साथै विद्यालयले जिल्ला भित्र वा बाहिर आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापमा निरन्तर रुपमा सलफता प्राप्त गर्दै आईरहेको छ।
विद्यालयमा प्राप्त गर्ने किताबी ज्ञानले मात्र विद्यार्थीको भविष्य सफल नहुने हुदा, उनिहरुलाई सभ्य, अनुशासित,जिम्मेवार नागरिक बनाउन वर्षमा एकपटक यस्ता विद्यार्थी मैत्री कार्यक्रम आयोजना गर्न आवश्यक रहेको विद्यालयका प्रिन्सिपल योजन खत्रीले बताउनुभयो ।
यस विद्यालयको वार्षिकोत्सब पुष १ गते परेता पनि विद्यालयले औपचारिक कार्यक्रम भने प्रत्येक वर्ष चैत्र मसान्तको दिन संचालन गर्ने प्रिन्सिपल खत्रीले बताउनुभयो ।