साजपुर बिधालय ठुलोलुम्पेकको स्वर्ण महोत्सवको तयारी पुरा

मंसिर २८ गुल्मी,सबित्रा पौडेल:

साजपुर आधारभुत बिधालय ठुलोलुम्पेक गुल्मीले भोली (शुक्रबार) स्वर्ण महोत्सव गर्ने भएको छ।

भोलीदेखि पौष १ गते सम्म संचालन हुने बिधालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बिधालयले जनाएको छ।


स्वर्ण महोत्सवको अवसरमा प्रत्येक दिन फरक फरक कार्यक्रम हुनेछन।

भोली बिहान १० बजे बाट बाजागाजा सहित सुरु हुने महोत्सवमा लुम्बिनी प्रदेश सभा अध्यक्ष तारा थापाको प्रमुख आतिथ्यता रहने छ।


महोत्सवको दोस्रो दिन लुम्बिनी प्रदेश सभा सदस्य यमू गैरे तथा पुष १ गते लुम्बिनी प्रदेश सभा सदस्य चिन्तामणी पाण्डे प्रमुख अतिथिको रुपमा रहनु हुने छ।

महोत्सवमा भूमिदाता,अक्षयकोष दाता,चन्दादाता तथा भुपु शिक्षकहरुलाई सम्मान गरिने बिधालय व्यवस्थापन समिती अध्यक्ष हुमिमाया सिंजापतीले जानकारी दिनुभयो।

स्वर्ण महोत्सवमा राष्ट्रिय कलाकारहरु सुदिप सिंजाली, अस्मिता डल्लाकोटी, बिष्णु सिंजाली मगर लगायत स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने बिधालयका प्रधानाध्यापक भुपाल तरामुले बताउनुभयो।

यस्तै, अन्तर बिधालय हाजिरी प्रतियोगिता, सोरठी नृत्य प्रतियोगिता, स्वागत नृत्य स्थानिय कलाकारहरुबाट झाकी प्रदर्शन, बिधार्थी बाट नृत्य प्रस्तुती लगायत विबिध कार्यक्रमहरु हुने छन।

यसैबिच बिधालयको ५० औं स्वर्ण महोत्सव तथा अभिभावक दिवसको अवसर पारी कुटडाँडामा क्षितिज युवा समुह सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेक कुटडाँडा गुल्मीको आयोजनामा क्षितिज भलिवल कप हुने भएको हो।

बिधालयको स्वर्ण महोत्सवको अवसर पारी यहीँ पुष २ गतेदेखी पुष ८ गतेसम्म हुने भलिवल कपको लागी यहीँ पुष १ गते सम्म टिमदर्ता गराईसक्नु पर्ने आयोजकले जनाएको छ।

भलिवल प्रतियोगितामा पुरुष भलिवल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, भेट्रान्स प्रतियोगिता लगायत विविध कार्यक्रमहरु हुने छन।

पुरुष भलिवल प्रतियोगितामा बिजेता टिमले नगद ४०,००० सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद २२,००० को साथमा शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। भने सान्त्वना हुने समुहले आकर्षक पुरस्कारका साथै मेडल र प्रमाणपत्र पाउनेछन।

यस्तै महिला भलिवल प्रतियोगितातर्फ बिजेताललाई नगद १५,००० र उपबिजेतालाई नगद १०,०० सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुनेलाई आकर्षक पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

भेट्रान्स प्रतियोगितामा बिजेता समुहले नगद १५,००० को साथमा प्रमाणपत्र पाउनेछन।

यसैबिच, विधागततर्फ उत्कृष्ट तथा अनुशासित खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता साविक वडा स्तरिय हुने र FIVB को नियमा अनुसार खेलाईने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *