गुल्मीको अमर अर्वाथोकमा एकीकृत घुम्ती शिविर सम्पन्न, ३१८ जनाले सेवा लिए

साबित्रा पौडेल, मंसिर २८ गुल्मी।

गुल्मीको गुल्मीदरबार गाउँपालिकामा यहीँ मंसिर २४ गतेदेखि संचालन भईरहेको एकीकृत घुम्ती शिविर जारी छ। जसमध्ये आज वडा नं ५ को वडा कार्यालय अमर अर्वाथोकमा सेवा प्रदान गरिएको छ।

अमर अर्वाथोकमा संचालित शिविरमा आज ३१८ जनाले सेवा लिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिनुभयो।

जसअन्तर्गत १९ जनाले योजना सम्झौता गराएका थिए। यस्तै माटो परिक्षण ६, अपाङ्ग परिचयपत्र ४ तथा ज्येष्ठ नागरिक प्रमाण पत्र ७८ जनाले बनाएका प्रशासकिय अधिकृत पन्थीले बताउनुभयो।
शिविरमा ९० जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका थिए भने व्यवसाय दर्ता एवं नवीकरण २९ जनाले गराएका गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले जानकारी दिनुभयो।
पशु औषधी वितरण एवं परामर्श ९२ जनालाई प्रदान गरिएको थियो।

यसैबिच, शिविरको पहिलो दिन एक नं वडा कार्यालय बलिथुममा सेवा प्रदान गरिएको थियो। बलिथुममा संचालित शिविरमा १९२ जनाले सेवा लिएका थिए।
दोस्रो दिन २ नं वडा कार्यलय जुभुङ्गमा संचालित शिविरमा ४७६ जनाले सेवा लिएका थिए। भने तेस्रो दिन अर्थात मंसिर २६ गते ३ नं वडा कार्यालय राजाबाट संचालित शिविरमा १७९ जनाले सेवा लिएका गाउँपालिका अध्यक्ष सरोज थापाले बताउनुभयो।

यस्तै पुष २ गते वडा नं ४ को वडा कार्यालय विरबास, पुष ३ गते वडा नं ६ को कार्यालय ठुलाना र अन्तिम दिन अर्थात पुस ४ गते वडा नं ७ को वडा कार्यलय ठुलापोखरा गुल्मीमा सेवा प्रदान गरिने अध्यक्ष थापाले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *