एमाले अध्यक्ष ओलीमाथी धनकुटामा आक्रमण,

मंसिर २८, गुल्मी।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमण गरेका छन्।


संकल्प अभियानको क्रममा आज धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुग्नुभएका अध्यक्ष ओलीलाई फूलमाला र अविरले स्वागत गर्नको लागि लाइनमा बसेका एक व्यक्तिले आक्रमणको प्रयास गरेका हुन्।

महालक्ष्मी-५ धनकुटाका महेश राईले ओलीलाई आक्रमण गरेको बुझिएको छ।


उनको आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट समेत गरेका थिए। प्रहरीले राईलाई नियन्त्रणमा लिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *