
पुस २९, गुल्मी ।
गुल्मीको सिमलटारी फुलबारीबाट प्युठान गौमुखीतर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जिप अग्लुङ-प्युठान सीमामा दुर्घटना भएको छ। जिपमा सवार सबै यात्रु घाइते भएका छन्, जसमध्ये अधिकांश महिला रहेका छन्।
मदाने गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुशील चन्द्रका अनुसार घाइतेहरूमध्ये अधिकांशको अग्लुङ स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको छ। तीन जनालाई थप उपचारका लागि प्युठानको बिजुवार पठाइएको छ।
उक्त जिप सिमलटारीबाट प्युठानमा आयोजना गरिएको गौमुखी मेला हेर्न जाने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।