छत्रकोटको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, १८ पदक सहित आत्मबोध मा. वि. प्रथम

सुदर्शन पन्थ, पुस २८ गुल्मी ।

छत्रकोट गाउँपालिकाको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।

पलिकाको बुढाचौर खेल मैदान पौष २६ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज समापन गरिएको हो। समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राम प्रसाद पाण्डेले छत्रकोट गाउँपलिका शिक्षाको क्षेत्रमा मात्र नभएर खेलकुदको क्षेत्रमा समेत अब्बल बन्दै गइरहेकोले खेलाडीलाई व्यवसायीक बनाउने कुरा सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गर्नुभएको थियो।

समापन कार्यक्रममा उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रशासकिय अधिकृत रुद्र हरि पुरी, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष, प्र. अ., शिक्षक तथा विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार तथा खेलप्रेमी स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा खेल प्रवर्द्धन समिति अध्यक्ष झकबहादुर मिदुन, आत्मबोध मा वि का विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरोज पाण्डे, उपाध्यक्ष सावित्रा ज्ञवाली, वडा नं. १ का वडाअध्यक्ष घनश्याम न्यौपाने लगायतले बधाई तथा धन्यवाद मन्तव्य राख्नु भएको थियो।

३ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स तर्फ ट्र्याक र फिल्ड गरि विभिन्न २८ इभेन्टमा खेल सञ्चालन भएका थिए । जसमा ८ स्वर्ण, ८ रजत र २ कास्य गरि जम्मा १८ पदक सहित आत्मबोध माध्यमिक विद्यालय खर्ज्याङ्ग प्रथम, ७ स्वर्ण, १ रजत र ४ कास्य गरि जम्मा १२ पदक सहित जन जागृती माद्यामिक विद्यालय हुँगा द्वितीय र ३ स्वर्ण, ३ रजत र ३ कास्य गरि जम्मा ९ पदक सहित श्रिङ्गा जनता माद्यामिक विद्यालय श्रिङ्गा तृतीय भएका छन् । आत्मबोध माद्यामिक विद्यालायले लगातार ३ वर्षसम्म उपाधी जित्दै रनिङ शिल्ड आफ्नो कोल्टामा पार्न सफल भएको छ। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने, खेल सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो।

समापन कार्यक्रमको बीच-बीचमा विभिन्न सांगीतिक प्रस्तुति सँगै छत्रकोट भजन मण्डलीले भजन समेत प्रस्तुत गरेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *