छत्रकोट गुल्मीमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सुदर्शन पन्थ, पुस २६ गुल्मी।

छत्रकोट गाउँपालिकाको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखी सुरु भएको छ । गाउँपलिकाको वडा नं ३ बुढाचौर खेल मैदान सुरु भएको प्रतियोगिताको उद्घाटन सत्रको कार्यक्रममा पालिका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षता रहेको थियो ।

प्रमुख प्रशासकिय अधिकृत रुद्र हरि पुरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष साबित्रा ज्ञवाली, संस्थापक अध्यक्ष मधुकृष्ण पन्थ, संस्थापक उपाध्यक्ष नर्मदा भण्डारी, सम्पूर्ण वडाका वडाध्यक्ष, राष्ट्रिय परिक्षा बोर्डका सह नियन्त्रक विष्णु प्रसाद ज्ञवाली, पुर्व जिल्ला समन्वय समिती सदस्य गंगा पन्थ, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्र. अ., विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक तथा विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार तथा खेलप्रेमी लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सुदिप कंडेलको टिमले स्वागत गित प्रस्तुत गरेको थियो। खेलाडी हौं खेलाडी हामी खेलाडी गीतमा सम्पुर्ण विद्यालयका विद्यार्थी खेलाडीहरुले मार्च पास गरेका थिए । जसमा जन माध्यमिक बिद्यालय खर्ज्याङ प्रथम, श्रृङ्गा जनता माध्यमिक बिद्यालय द्वितीय र मैनडाँडा मा वी हर्दिनेटा तृतीय भएका छन्। यस्तै सरस्वती मा. वि. भेडुवाका विद्यार्थीले मार्सल आर्ट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दौवाहरी आधारभूत विद्यालय र श्रृङ्गा जनता माध्यमिक बिद्यालयका विद्यार्थीले नृत्य, आत्मबोध माध्यमिक बिद्यालयका विद्यार्थीले पञ्चेबाजा र मैनडाँडा माध्यमिक बिद्यालयका विद्यार्थीले नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जन जागृति माध्यमिक बिद्यालयकि प्र.अ. कमला भण्डारी, आत्मबोध माध्यमिक बिद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल पाण्डे सरोज, राष्ट्रिय परिक्षा बोर्डका सह नियन्त्रक विष्णु प्रसाद ज्ञवाली, संस्थापक अध्यक्ष मधुकृष्ण पन्थ, संस्थापक उपाध्यक्ष नर्मदा भण्डारी, पालिका अध्यक्ष राम प्रसाद पाण्डे, उपाध्यक्ष सावित्रा ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै संस्थापक अध्यक्ष पन्थले खेल प्रति बढ्दै गएको विद्यार्थीको लगनशीलता र जागरुकताको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राम प्रसाद पाण्डेले राष्ट्रपती रनिङ शिल्ड, अध्यक्ष कप र विद्यालयमा हुने विभिन्न खेलकुदका कार्यक्रमले सम्पुर्ण विद्यार्थी खेलाडीहरुलाई आफ्नो सँगसँगै छत्रकोट कै नाम उचो पार्ने दिशामा लाग्न प्रेरित गर्ने बताउनु भयो ।
उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले गर्नु भएको थियो । प्रतियोगिता २८ सम्म चल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *