छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

सुदर्शन पन्थ, भदौ २९ गुल्मी ।
छत्रकोट गाउँपालिका स्वास्थ्य शाखा गुल्मीले आ.व २०८०।८१ को स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ।
शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका स्वास्थ्य शाखा र यस अन्तर्गतका स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०८०।८१ मा सम्पादन गरेका कार्यक्रमहरुको वार्षिक समिक्षा र आ.व २०८१/८२ का लागि वार्षिक कार्य योजना गोष्ठी सम्पन्न गरिएको हो।

कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले पोषण कार्यक्रम, एकीकृत बाल रोग व्यवस्थापन कार्यक्रम, सुरक्षीत मातृत्व कार्यक्रम, परिवार नियोजन कार्यक्रम, क्षयरोग, नसर्ने रोग लगायत विभिन्न जनस्वास्थ्यका विषय समेटिएको ३५ मिनेट लामो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

स्टाफ नर्स मुना सर्तुङेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सभाध्यक्ष गा. पा. अध्यक्ष रामप्रसाद पाण्डेय, प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी ,उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन, सम्पुर्ण वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख मनिस चौधरी, ५ वटा स्वास्थ्य चौकीका प्रमुख, ८ वटा सामुदायिक स्वास्थ्य चौकीका प्रमुख, नागरिक आरोग्य केन्द्रका प्रमुख र निजि क्षेत्र तर्फबाट पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रा लि का प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद भण्डारीले छत्रकोटको स्वास्थ्य शाखा जिल्लाकै उत्कृष्ट भएको खबरले खुशी भएको बताउँदै पालिका अध्यक्ष रामप्रसाद पाण्डेय, स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेल र गाउँपालिका परिवारलाई बधाई दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पाण्डेयले भौतिक विकासका लागी पालिका भित्र थप बजेटको लागी पहल गर्न सांसद भण्डारीलाई आग्रह गर्दै आन्तरिक आम्दानी अति कम रहेकाले गाउँपालिका केन्द्र र प्रदेशकै भर पर्नुपर्ने अवस्थामा रहेको दुखेसो समेत पोख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *