गुल्मीको चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा बजार अनुगमन

साबित्रा पौडेल, भदौ २८ गुल्मी।

गुल्मीको चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा बजार अनुगमन गरिएको छ।

उपभोक्ता हितलाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालय गुल्मी र जिल्ला प्रशासन कार्यालय गुल्मीले आज चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिका गरी दुई पालिकाका विभिन्न पसलहरू मा अनुगमन गरेको हो।

अनुगमन टोलीले पसलको सरसफाई, समयमा व्यवसाय नवीकरण गरे नगरेको, प्यान नम्बर लिए नलिएको, पसल दर्ता गरे नगरेको लगायतका विषयमा अनुगमन गरेको थियो।

पसल अनुगमनका क्रममा केही पसलहरू बिना दर्ता सञ्चालन गरेको पाइएको थियो भने कतिपय पसलहरूमा म्याद सकिएका सामग्री भेटिएका थिए ।

म्याद सकिएका सामग्रीलाई अनुगमन टोलीले बरामद गरी जफत गरेको छ।

यस्तै, अनुगमनका क्रममा दर्ता नगरिकन सञ्चालन गरिएका पसललाई ७ दिनभित्र दर्ता गरी प्यान नम्बर लिन अनुगमन टोलीले अनुरोध गरेको छ।

दुई पालिकाका औषधि पसल, किराना पसल, फेन्सी पसल, होटल, मोटरसाइकल वर्कशप, सुनचादी पसल तथा फर्निचर पसल गरी ३० वटा पसलमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले जानकारी दिनुभयो।

बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवाली, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्लेल लगायतको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *