गुल्मीको ठुलोलुम्पेकमा यहि असोज २५ गते आँखा शिविर हुने

ईश्वरी बस्याल, असोज २१/ गुल्मीमा आँखा शिविर हुने भएको छ। जिल्लाको सत्यवती-३ ठुलोलुम्पेकमा यहि असोज २५ गते आँखा शिविर हुने भएको हो।

नेपाल नेत्रज्योति संघ,शान्तिपुर आँखा उपचार केन्द्र, गुल्मीको आयोजना र सत्यवती गाउँपालिकाको समन्वयमा ठुलोलुम्पेकमा बृहद आँखा शिविर सन्चालन हुने भएकोले आँखा सम्बन्धि समस्या भएका बिरामीहरुले लाभ लिन सक्ने आयोजकले जनाएको छ।

शिविर ठुलोलुम्पेक स्वास्थ्य चौकी,नयाँ भवन देउरालिमा बिहान १० बजे देखि साझँ ५ बजेसम्म सन्चालनमा आउने भएकाले यहीँ असोज २० गतेदेखि २४ गतेसम्म आफ्नो नाम दर्ता गर्न सकिने ईन्चार्ज तिलक रानाले बताउनु भयो।

नेपाल नेत्रज्योति संघ,शान्तिपुर आँखा उपचार केन्द्रको आयोजना तथा सत्यवती गाउँपालीकाको समन्वय,ठुलोलुम्पेक वडा कार्यालय र ठुलोलुम्पेक स्वास्थ्य चौकिको व्यवस्थापकमा सन्चालन हुन लागेको आँखा शिविरमा हिमालय युवा परिवार तथा प्रगतिशील समाज क्वाङ्ग सत्यवती ३ गुल्मीको आर्थिक सहयोग रहेको सि.अ.न.मी तोर्मिला सिंजाली थापाले बताउनुभयो।