साबित्रा पौडेल २२ असोज / गुल्मीको सत्यबतीमा बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसर पारी खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ। रुद्रावती युवा क्लब सत्यबती गाउँपालिका ६ र ७ चोरकाटेको आयोजनामा जोहाङ्ग रन्जित प्रसाद लान्चन्द रुद्रावती माध्यमिक विधालय चोरकाटेको खेलमैदानमा यहीँ कार्तिक १ गते प्रतियोगिता हुन लागेको हो।
खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद रु. २०,००० ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रबिन्द्र कार्किले बताउनुभयो। त्यस्तै, द्दितिय,तृतीय र सान्त्वनाले क्रमशः नगद १५,००० ट्रफी,मेडल र प्रमाणपत्र,१०,००० ट्रफी,मेडल र प्रमाणपत्र र ५,००० ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गर्नेछन।
खेल टिटी सिस्टममा खेलाईने र खेलमा सहभागी हुनको लागि नगद रु.१५०० सहित कार्तिक १ गतेभित्र आफ्नो टिम दर्ता गराई सक्नुपर्ने का.वा. अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताउनु भयो।