गुल्मीको छत्रकोट गाउँपालिकामा अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम सञ्चालन

साबित्रा पौडेल, भदौ १५ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सञ्चालन गरिएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार शुक्रबार गाउँपालिकाको वडा नम्बर एक हुगाँका ज्येष्ठ नागरिकहरूसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत पालिका भित्र रहेका ७५ वर्ष माथिका सम्पूर्ण जेष्ठ नागरिकहरुलाई नजिक पर्ने स्थान, घर गाउँमै पुगेर ज्येष्ठ नागरिकमा भएको ज्ञान सिप र अनुभव सुन्ने, देश तथा समाजका लागि उहाँहरुले गरेको योगदानको सम्मान गर्दै सानो कोसेली वितरण गरिएको गाउँपालिकाले जानएको छ।

ज्येष्ठ नागरिकहरूको समस्या बुझ्ने उद्देश्यका साथ गाउँपालिकाको वडा नम्बर १ बाट सुरु गरिएको कार्यक्रम गाउँपालिकाका ६ वटै वडामा लागू हुने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो।

भेटघाटका क्रममा ज्येष्ठ नागरिकहरूले घरमा आफूहरू एक्लै भएकाले दिन कटाउन मुस्किल हुने भन्दै भजन किर्तन लगायतका कार्यक्रमहरू सञ्चालन गरिदिन अनुरोध गरेका थिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, सम्बन्धित वडाको स्वास्थ्य संस्थाको प्रमुख, जनप्रतिनिधिहरू, गाउँपालिकाको स्वास्थ्य शाखाकी सि अहेव अहेव सपना टण्डन लगायतको उपस्थिति रहेको थियो।

यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकहरूको दैनिक जीवन यापनमा सहजता ल्याउनुका साथै आत्मबल र हौसला समेत बढ्ने विश्वास गाउँपालिकाले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *