छत्रकोटमा सम्पन्न तीज गीत प्रतियोगितामा आत्मबोध माध्यमिक विद्यालय पहिलो

साबित्रा पौडेल, भदौ १८ गुल्मी।

गुल्मीको छत्रकोट गाउँपालिकाले आयोजना गरेको तीज गीत प्रतियोगितामा आत्मबोध माध्यमिक विद्यालय प्रथम भएको छ।

सोमबार गाउँपालिकाको वडा नम्बर ४ श्रृङ्गाको श्रृङ्गा जनता माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा आत्मबोध माध्यमिक विद्यालय प्रथम भएको हो।

यस्तै प्रतियोगितामा हरियाली आमा समूह द्वितीय, श्रृंगा जनता माध्यमिक विद्यालय तृतीय र मिलिजुली आमा समूह पल्लिकोट सान्त्वना भएका छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निर्णायक गरेको प्रतियोगितामा १४ वटा टिमले सहभागिता जनाएका थिए।

प्रतियोगितामा प्रथम हुने समूह आत्मबोध माध्यमिक विद्यालयलाई गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले पुरस्कार नगद रु. १५,००० र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

यस्तै द्वितीय हुने समूह हरियाली आमा समूहले नगद रु. १२ हजार, तृतीय हुने समूह श्रृंगा जनता माध्यमिक विद्यालयले नगद रु.१० हजार र सान्त्वना हुने समूह मिलीजुली आमा समूहले नगद ५ हजार र प्रमाणपत्र पाएको थियो।

लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको तीज गीत कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो।

गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन, गाउँपालिकाका संस्थापक अध्यक्ष मधुकृष्ण पन्थ, वडा अध्यक्षहरू लगायत को आतिथ्यता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *