साबित्रा पौडेल, माघ १६ गुल्मी।
गुल्मीको चन्द्रकोट गाउँपालिकामा पर्ने त्रिवेणी ग्वाघा- हरेवा- चिसापानी- शान्तिपुर- रोहटेखोला सडकमा सवारी आवागमन बन्द हुने भएको छ ।
त्रिवेणी ग्वाघा- हरेवा- चिसापानी- शान्तिपुर- रोहटेखोला सडक अन्तर्गतको शान्तिपुर- रोहटेखोला खण्डको शान्तिपुर श्रीलंका टोल पछिको उकालो बाटो ढलान कार्य गरिने भएकाले सवारी आवागमन बन्द हुने भएको हो ।
यहीँ माघ १९ गते बिहान ७ बजेदेखि उक्त सडक खण्ड अन्तर्गतको बाटो ढलान गरिने भएकाले उक्त सडक खण्ड पुर्ण रूपमा बन्द बन्द गरिने गाउँपालिकाले जनाएको छ ।
त्यसैले उक्त सडक क्षेत्रमा सवारी साधनहरु नचलाउन गाउँपालिकाले सूचना जारी गरी आग्रह गरेको छ ।
साथै वैकल्पिक सडक (शान्तिपुर- लामासोता- भुल्के थप्लुङ्ग) को प्रयोग गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।