गुल्मीदरबार गाउँपालिकाले माघ २२ गते सार्वजनिक सुनुवाइ गर्ने

साबित्रा पौडेल , माघ १६ गुल्मी ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को अहिलेसम्म भए गरेका गतिविधिहरुको जानकारी सर्वसाधारणहरुमा दिनका लागि गाउँपालिकाले सार्वजनिक सुनुवाइ गर्ने भएको हो ।

गाउँपालिकाले यहीँ माघ २२ गते रुन्खादह माध्यमिक बिधालयको प्राङ्गण वीरबासमा सुनुवाइ गर्ने छ ।

सुनुवाइ कार्यक्रम अपराह्न १ बजेबाट संचालन हुने गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो ।

साथै सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकावासी आमनागरिकलाई उपस्थितिको लागि समेत गाउँपालिका द्वारा जारी सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *