नेकपा एमाले रुरुक्षेत्र गुल्मी द्वारा गाउँपालिका अध्यक्ष ज्ञवालीलाई ध्यानाकर्षण

माघ १५,गुल्मी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुरु क्षेत्र गाउँ कमिटी बलेटक्सार, गुल्मीले विभिन्न माग राखी गाउँपालिका अध्यक्ष यदु ज्ञवाली समक्ष ज्ञापन पत्र बुझाएको छ ।


देशमा संघीय लोकतन्त्र-गणतन्त्र स्थापना भएपछी जनताको अपेक्षा बढनु र राज्यका निकायहरूको कार्य सम्पादन प्रभावकारी नहुदा जनतामा निराशा बढिरहेको जानकारी गराउदै जनताको प्रत्यक्ष सम्पर्कमा रहेको स्थानीय सरकारका काम कार्वाहीलाई मितव्यायी,पारदर्शी, परिणाममुखी र प्रभावकारी बनाउन बढी ध्यान दिनुपर्ने विषयमा १३ बुदे मागहरु राखी नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुरु क्षेत्र गाउँ कमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीले अध्यक्षलाई ज्ञापन पत्र बुझाउनुभएको हो ।

ज्ञापन पत्रमा स्थानीय तहको बजेट सिमितता र जनताले अपेक्षा गरेका धेरै आवश्यकतालाई सम्बोधन गर्नुपर्ने दवावले पनि ससाना धेरै योजनाहरु छ्नोटमा परेको र यसले प्रभावकारी परिणाम दिन कठिनाई भएकाले योजनाहरुको प्राथामिकिकरण गरि परिणाम दिनेखालका योजना छ्नोट गरि कार्यन्वयन गर्न जोड दिइएको छ ।


अति आवश्यक बाहेकको अवस्थामा मोटरबाटोमा गरिने खर्चलाई न्यूनीकरण गरि अन्य क्षेत्रमा खर्च गर्नुपर्ने, विकासका नाममा गरिने तालिम, गोष्ठी, सेमिनारको औचित्य, आवश्यकता र नतिजाको आधारमा मात्र संचालन गर्नुपर्ने आवश्यक रहेको , स्वास्थ्य र शिक्षामा सुधार गर्ने , आयआर्जन बढाउने, स्वरोजगार बनाउने, विपद व्यवस्थापन तथा वातावरण सुधार गर्ने , सुशासन र सेवा प्रवाहलाई सहजता बनाउने, बिकास योजनालाई बढी प्राथमिकतामा राख्न जरुरी रहेको बताइएको छ।


स्थानीय तहबाट हुने सेवा र सामाग्रीहरुको खरिद प्रणालीलाई पारदर्शी बनाउन सेवा र खरिद गर्दा उपलब्ध भएसम्म स्थानीय तह र जिल्ला भित्र गरि स्थानीय उद्दम र व्यवसायलाई प्रवर्द्धन गराउपर्ने , यस तहबाट प्रदान गरिने सहयोग, अनुदान तथा सामाग्रीहरुको वितरण पारदर्शी, औचित्यपुर्ण र न्यायमुलक बनाउनका लागि बढी ध्यान दिनुपर्ने, विगतका सरकारले गरेका असल अभ्यासलाई निरन्तरता दिनुपर्ने साथै निर्वाचनको समयमा जनतासँग गरिएका प्रतिबद्धतालाई ध्यानमा राखेर कार्य सम्पादन गर्न समेत ध्यानाकर्षण गराइएको छ ।


सवारी साधनको खरीद तथा परिचालन, इन्धनको प्रयोग कम गर्न, कामकाजका भत्ता, अतिथि सत्कार, मर्मत संभार, समान, खरिद, क्षमता विकासका नाममा हुने खर्चलाई कडाइपुर्वक रोक्न र प्रशासनको खर्च सार्वजनिकको व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ ।


यस्तै सेवाग्राही सेवा लिनको निमित्त कार्यलय जनप्रतिनिधि तथा कर्मचारी कहा आउने भन्दा जनता कहा सेवा पुर्‍याउने कार्य प्रणाली सुरु गर्न र जवाफदेही र जनमुखी बनाउन बढी जोड दिनुपर्ने, जनतासँगको नियमित भेटघाट एंव अन्तरक्रियाका कार्यक्रम संचालन गर्नुपर्ने,स्वास्थ्य संस्थामा नि:शुल्क प्राप्त हुने औषधिको अभाव देखिएकोले सुगर प्रेसर लगायतका औषधिहरु नियमित उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ ।

ज्ञापन पत्रमा ‘पहिले देखि निरन्तर चलिरहेका क्रमागत योजनाको शिलान्यासका नाममा शिलालेख राख्नु कति उचित हो?’ भनी प्रश्न सोधिएको छ ।


गाउँपालिकाका फाँटहरुमा कर्मचारी अनुपस्थित हुने, सामाजिक सुरक्षा भत्ता, शिक्षक कर्मचारीका तलव निकासा गुनासाहरु अन्त्य गर्नुपर्ने , कर्मचारीलाई उच्च मनोबलका साथ कार्य सम्पादन गर्ने वातावरण सिर्जना गर्नुपर्ने र कोटेसनबाट संचालन हुने आयोजनाको निमित्त तोकिएको विधि र प्रक्रिया पुरागरी निष्पक्ष ढंगले गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *