पुष १३ गुल्मी:
नेपाल सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले साबिकको बिदामा दुई दिन थप बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरकारले सहिद दिवस र रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।