चन्द्रकोट गुल्मीको वडा तथा पालिका स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

दिपा पन्थ,पौष १३ गुल्मी । चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा चालू आ।व। २०८०र०८१ को हालसम्मको वडा तथा पालिका स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँ कार्यपालिकामा कार्यरत कर्मचारीहरू, वडा सचिव, वडा सहायक लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा वडातहको प्रगति वडा सचिव एंवम सहायकहरूबाट र पालिका स्तरिय प्रगति विवरण प्रमुख प्रशासकीय अधिकृत सरोज भुसालद्वारा प्रस्तुत गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *