साबित्रा पौडेल,माघ १४ गुल्मी ।
गुल्मी अस्पतालको हेमोडाईलासिस सेवाको समुद्धाटन कार्यक्रमको अवसरमा प्रयोगशाला फाटँमा कार्यरत टेक्नोलोजिस्ट खिम प्रसाद भण्डारी ( केपी भण्डारी) लाई सम्मान गरिएको छ ।
भण्डारीले कोभिड महामारीको समय देखि नै गुल्मी अस्पतालको प्रयोगशाला व्यवस्थापन तथा नमुना प्रयोगशाला बनाउन पुर्याउनु भएको योगदान स्वरुप उत्कृष्ट कर्मचारीको रुपमा प्रसंशा पत्र प्रदान गरिएको थियो ।
प्रशंसा पत्र प्राप्त गर्दै भण्डारीले उत्कृष्ट कार्यको मूल्याङ्कन गरी उत्कृष्ट कर्मचारीको रूपमा प्रसंशा पत्र प्रदान गर्नुभएकोमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडे लगायत अस्पताल परिवारलाई धन्यवाद दिनुभएको छ ।
यो सम्मानले आफूलाई थप जिम्मेवारी महसुस भएको र आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्य गर्दै अस्पतालको सेवामा निरन्तर खटिरहने प्रतिबद्धता जनाउनुभयो ।