गुनाखर अर्यालको उपचारको लागि सहयोग जुटाइदिन परिवारको आग्रह

दिपा पन्थ,मंसिर १० गुल्मी :


गुल्मी जिल्ला छत्रकोट गाउपालिका वडा नं.३ हर्दिनेटा (भालुपानि) निवासी गुनाखर (बाबुराम )अर्याल विगत ४ महिना देखि काठमाडौको ग्रीनसिटि हस्पिटल उपचारथ हुनुहुन्छ ।


उहाँको उपचारको लागि सहयोग जुटाइदिनुहुन परिवारको आग्रह रहेको छ ।


३८ बर्षिय अर्याल लामो समय देखि ग्यास्टोहोर्निया (gastrohorniya ) बाट ग्रसित भइ हाल ग्रीनसिटि हस्पिटल काठमाडौको सघन कक्षमा उपचारथ हुनुहुन्छ ।


उहाँको रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स UAE मा रहदा हर्नियाको सल्यक्रिया भएको थियोे ।

अर्याल नेपाल आइसकेपछि स्वास्थ्यमा फेरि समस्या देखिएका कारण उपचारका लागि काठमाडौ जानु भयो र ग्रीनसिटि हस्पिटलमा उपचार गराउँदा ग्यास्टोहोर्निया अर्थात खानानलि बन्द भएको,आमासय धेरै नै बिग्रेको र फोक्सोमा पनि पानि भरिएको डाक्टरले बताएका उहाँको श्रीमती देबकला (सम्झना)अर्यालले बताउनुभयो ।


उहाँको अबको सल्यक्रियाको लागि ६ लाख देखि सात लाख लाग्ने डाक्टरले बताएका छ्न,अर्यालको दुई महिना पहिले पहिलो सल्यक्रियामा १० लाख खर्च भैसकेको छ, “पहिलो सल्यक्रियामा धेरैले सहयोग गरिदिनुभयो अबकोमा पनि सहयोगको आस गरेकी छु ।”संझनाले बताउनुहुन्छ ।


घरको आर्थिक अबस्था निकै कमजोर रहेकाले अलिअली भएको पैसा पनि अस्पतालमा बस्दा र उपचारको क्रममा सकिएको बताउदै आफ्नो श्रीमानको जीवन बचाइदिनको लागि अनुरोध गर्नुभएको छ ।


छिटो आर्थिक सहयोग जुटेमा भोलि पर्सिमै उपचार हुने अर्यालले बताउनुभयो ।
सहयोगको लागि बिरामीको श्रीमती
Name: Devkala arjel
Contact No : 9866084779
Bank . Shineresunga development bank
Ac . 01200500056064000001

Leave a Reply

Your email address will not be published. Required fields are marked *