गुल्मीमा लाग्ने सत्यवती मेलाको तयारी पुरा,गाउपालिका द्वारा सार्वजनिक बिदा

मंसिर १० गुल्मी।

गुल्मीमा ९० बर्षदेखी लाग्दै आएको सत्यवती सांस्कृतिक तथा प्रयटन मेला भोली लाग्ने भएको छ।

भोली (सोमबार) लाग्ने मेलाको सम्पुर्ण तयारी पुरा भईसकेको छ।

भोली लाग्ने सत्यवती मेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला विश्वकर्मा ठकुरीले गर्नुहुने भएको छ।

मेलामा हरेक बर्ष गुल्मी, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ, प्युठान, अर्घाखाँची लगायतका जिल्लाहरुबाट हजारौंको संख्यामा दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्छ ।

मेलामा सदाका बर्षमा जस्तै यस बर्ष पनि दर्शनार्थीहरुको घुँइचो लाग्ने अनुमान गरिएको छ।

बैकुण्ठ चतुर्दशी साँझदेखि पूर्णिमा (मंसिर १० र ११ गते) सम्म दर्शनार्थीहरुले सत्यदेवीलाई पुजा गर्ने, दूध चढाउने, शान्तिको प्रार्थना गर्दै परेवा उडाउने, भाकल पुजा गर्ने, चिच्याएर बर माग्नेहरुको भीडभाड लाग्ने पनि अनुमान गरिएको छ।

बिशेष गरी मेलामा स्थानीय उत्पादित सुन्तला, सखरखण्ड, बदाम, बटुक, सेलरोटी, मासुका विभिन्न परिकारहरुको कारोबार हुने गर्दछ।

मेलाको अवसरमा राष्ट्रिय कलाकारहरु श्याम राना, रुपा घर्ती मगर, सुदीप सिंजाली, डोलराज परियार र गुणदेव थापा लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहने छ।
यस्तै, स्थानीय मगर सोरठी, सालैजो, कौरा, झ्याउरे लगायतका गीत र नाचहरुको प्रस्तुति पनि रहनेछ ।


कार्तिक शुक्लपक्षको पुर्णिामाको दिन सत्यवती बज्यैको मन्दिर विहान ३ बजे देखि दिनभरी खुल्ला रहने आयोजकले जनाएको छ

यसैबिच, सत्यवती गाउँपालिका गुल्मीले मंसिर ११ गते सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाले आज एक सूचना निकाली अघिल्लो बर्षमा जस्तै यस वर्ष पनि भिकुमा पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिइएको सुचनामा उल्लेख छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *