साबित्रा पौडेल, मंसिर ०९ गुल्मी।
गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपूरमा चक्रेश्वोर मेला लाग्ने भएको छ।
चन्द्रकोटको सान तथा साँस्कृतिक महत्त्व र परिचय बोकेको चक्रेश्वोर मेला “चन्द्रकोट क्षेत्रको शान चक्रेश्वोर मेला हाम्रो पहिचान” भन्ने नाराका साथ यहीँ मंसिर २३ गतेदेखि २७ गतेसम्म मेला लाग्ने भएको हो।
प्रत्येक बर्ष बाला चतुर्दशीमा लाग्ने मेला यस बर्ष ५ दिन लाग्ने भएको छ ।
उदय शान्ति युवा क्लब शान्तिपूरको आयोजनामा लाग्ने मेलामा विभिन्न कार्यक्रमहरु झुला बाल उद्यान, चन्द्र्कोट गाउँपालिका द्वारा कृषि तथा पशु मेला प्रदर्शन, साँस्कृतिक कार्यक्रम तथा विविध प्रतियोगिताहरु हुने भएका छन।
यस्तै, कार्यक्रममा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता,खुल्ला महिला भलिबल प्रतियोगिता, पुरुष भेट्रान्स प्रतियोगिता,बि तथा सि लेबल खुल्ला ब्याडमिन्टन प्रतियोगिता, भेट्रान्स खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ।
वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ७७,७७७ ट्रफी मेडल र प्रमाणपत्र गरिने पनि आयोजकले जनाएको छ। यस्तै द्दितिय हुनेले नगद ४५,५५५ तृतीय हुनेले नगद २५,५५५, तथा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने सान्त्वना हुने समुहलाई नगद १०,००० मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभयो।
यस्तै, खुल्ला महिला भलिबल प्रतियोगितातर्फ प्रथम र द्दितिय समुहलाई नगद क्रमशः ३०,००० र १५००० तथा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने सान्त्वना हुने दुई समुहले नगद५००० र प्रमाणपत्र प्राप्त गर्नेछन।
पुरुष भेट्रान्स प्रतियोगितामा बिजेताले नगद २०,००० र उपबिजेताले नगद १०,००० सँसङ्गै ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन।
यसैबीच बि लेभल ब्याडमिन्टन प्रतियोगितामा प्रथम र द्दितिय हुने खेलाडिको समुहले पुरस्कार नगद क्रमशः २५,०००ट्रफी मेडल र प्रमाणपत्र, १५,००० ट्रफी मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने दुई समुहलाई नगद ३,००० मेडल प्रमाणपत्र उपलब्ध गराइने क्लब अध्यक्ष थापाले बताउनुभयो।
अध्यक्ष थापाका अनुसार सि लेभल ब्याडमिन्टन प्रतियोगिता र भेट्रान्स खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम र द्दितिय हुनेले नगद क्रमशः १५,००० र ८,००० तथा ट्रफी मेडल र प्रमाणपत्र दिइने छ भने सान्त्वना हुने खेलाडी मध्ये दुई समुहलाई नगद २,००० को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
यसैबिच मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छा।
यस्तै,सोही दिन मंसिर कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशी। चक्रेश्वोर मन्दिरलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ ।
नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।
बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन चक्रेश्वोर मन्दिरलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिने गरिएको छ ।
यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्ने प्रचलन अर्को विशिष्टता हो ।