इस्वरी बश्याल गुल्मी /मंसिर ९
छत्रकोट गाउँपालिका गुल्मीको प्रशासकीय भवन निर्माणको लागि ठेक्का सम्झौता प्रक्रिया सम्पन्न भएको छ।
शुक्रबार निर्माण कम्पनी अम्बे मां बलदेब बिल्डर्स जे.भी सामाखुसी काठमाडौ संग सम्झौता भएको हो।
कुल लागत १२ करोड ५ लाख २५ हजार ४ सय ९८ मध्ये ९ करोड ११ लाख २ हजार ९ सय मा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो।
गाउपालिकाको चालु आर्थिक बर्ष २०८०/८१ को पुजिगत तर्फ २ करोड रुपैया विनियोजन भएको थियो।
गाउँपालिकाको भवन छत्रकोट चोयगामा निर्माण हुने गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले जानकारी दिनुभयो।
निर्माण कार्य दुई बर्षमा सक्ने गरि ठेक्का सम्झौता भएको पनि पाण्डेले बताउनुभयो।
तोकिएकै समयमा निमार्ण कार्य सकिने र आगामी हप्तादेखी काम सुरु गर्ने निर्माण कम्पनिले जनाएको छ।