रुरु क्षेत्र गाउँपालिका गुल्मीमा “एक विद्यालय एक करेसाबारी” सन्चालन हुने

दिपा पन्थ,मंसिर ८ गुल्मी :
रुरु क्षेत्र गाउँपालिका गुल्मीले “एक विद्यालय एक करेसाबारी” शिर्षकलाई प्राथमिकता दिने भएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को वाषिर्क स्वीकृत कार्यक्रम अन्तर्गत एक विद्यालय एक करेसाबारी शिर्षकमा विनियोजन गरेको एक लाख पचास हजार बाट सामुदायिक विद्यालयहरुमा करेसाबारी निर्माण गरी तरकारी खेती गर्ने कार्यलाइ प्रोत्साहित गर्ने उद्देश्यले यस कार्यक्रमलाई अघि सारिएको हो।

करेसाबारीबाट उत्पादित तरकारी विद्यार्थीको दिवा खाजामा प्रयोग गर्ने साथै विद्यार्थीहरुलाई प्रयोगात्मक क्रियाकलापमा सहभागी गराउन सकिने अभिप्रायले कार्यन्वयन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनु भयो।

एक विद्यालय एक करेसाबारी कार्यक्रममा सहभागी हुन चाहाने विद्यालयहरुलाई गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपी सहितको निवेदन पेस गर्न पनि सूचनामा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *