साबित्रा पौडेल, पुष ८ गुल्मी ।
गुल्मीको रुपाकोटमा एक दिने नि:शुल्क सुगर तथा बाथरोग सम्बन्धि शिविर सम्पन्न भएको छ।
रुपाकोट युवा क्लब चन्द्रकोट गाउँपालिका ७ रुपाकोट गुल्मीको आयोजना, नेशनल बाथरोग सेन्टर तथा ग्लोरियस हेल्थ केयर प्रालिको प्राविधिक सहयोगमा नागरिकको स्वास्थ्य प्रतिको जिम्मेवारी बहन गर्दै नि:शुल्क सुगर तथा बाथरोग परिक्षण गर्ने उद्देश्यले आयोजना गरिएको शिविर हिजो (शनिबार) सम्पन्न भएको हो।
नि:शुल्क सुगर तथा बाथरोग परिक्षण शिविरमा २२५ जनाले सेवा लिएका थिए।
शिविरमा बिरामीहरुको विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा चेकजाँच गरिएको थियो भने नि:शुल्क औषधि वितरण तथा उपचार समेत गरिएको थियो।
रोगलाई समयमै पहिचान गर्न सके जोर्निहरुको दुखाई कमगर्न सकिने उद्देश्यले शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक कपुर भण्डारीले बताउनुभयो।
साथै आगामी दिनहरुमा पनि यस्तै कार्य गर्न रुपाकोट युवा क्लब प्रतिबद्ध रहेको समेत जानकारी दिनुभयो।