रुरुक्षेत्रमा सुपथ खरिद बिक्री केन्द्रको उद्घाटन अध्यक्ष ज्ञवाली द्वारा

दिपा पन्थ, पौष ८ गुल्मी ।

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड गुल्मी शाखाको खरिद बिक्री केन्द्र आजबाट रुरुक्षेत्र गाउँपालिका ४ बलेटक्सारमा संचालनमा आएको छ।


खरिद बिक्री केन्द्रको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले आज एक औपचारिक कार्यक्रम साथ उद्घाटन गर्नुभएको हो ।


खरिद बिक्री केन्द्रकी प्रमुख एलिना देबकोटाले स्वागत गर्दै खरिद बिक्री केन्द्रले स्थानीय ब्यापारीलाई कमिसनमा बिक्रीको ब्यवस्था मिलाउने बताउदै उपलब्ध हुने सामाग्री र गुणस्तरका बारेमा जानकारी गराउनुभयो ।


कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले ठूलो प्रयासबाट यश क्षेत्रमा केन्द्र स्थापना भएकोले यसको दिगो बिकासको लागि पालिकाले आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्ने बताउनुभयो ।

साथै नागरिकको सहजताका लागि कर्मचारीलाई सामानको आपूर्ति ब्यवस्था चुस्तदुरुस्त गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले केन्द्रले निरन्तर सेवा दिदै उपभोक्ताले रोजेको केन्द्र गराउनुपर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले ब्यापार कम्पनी भएकोले स्थानिय ब्यापारी संग समन्वय गरेर नागरिकलाई सुहाउँदो मुल्यमा सेवा दिन आग्रह गर्नुभयो ।


कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष मोती प्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका देबेन्द्र मल्ल, उद्योग बाणिज्य संघका कमल प्रसाद श्रेष्ठ लगायतले शुभकामना ब्याक्त गर्नुभएको थियो ।


विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीयहरु उपस्थिति रहेको कार्यक्रमको संचालन दामोदर ज्ञवालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *