पत्रकार मोहन बस्नेतले बिहेको खर्चबाट बृहत नि:शुल्क स्वास्थ शिविर संचालन गर्ने

पौष  ९, गुल्मी।

आजकाल विभिन्न किसिमका समारोह सहित फजुल खर्च गरि बिहे गर्ने प्रचलन बढिरहेको छ, तर
गुल्मीका पत्रकार तथा युटुवर मोहन बस्नेतले आफ्नो बिहे सामान्य रुपले गरेर बिहे गर्ने खर्चले बृहत स्वास्थ्य शिविर संचालन गर्ने भएका छ्न ।

नेपाल अपडेट मिडिया युटुव च्यानलका संचालक समेत रहेका बस्नेतको मंसिर १३ गते शरु आचर्यसँग सामान्य तरीकाले बिहे भएको थियो ।


बस्नेतले सामाजिक संजाल मार्फत “हाम्रो `प्रणय पल´का अवसरमा जरुरी भन्दा पनी जरुरी सहयोगका क्षेत्र, व्यक्ति, परिवार वा सामाजिक सँस्था भएमा सक्दो योगदानका लागि तयार छु ।”
सोही बमोजिम प्रीतिभोज लगायतका नाममा गरिने फजुल खर्चसमेत समावेश गरि यही पौष १४ गते आफ्नै जन्मस्थानमा एक बृहत् स्वास्थ्य शिविर गर्ने तयारी गरिएको जानकारी दिएका छ्न ।

“स्वस्थ तन स्वस्थ मन, तपाईंको आशीर्वाद हाम्रो मिलन” भन्ने मुलनारा लाई आत्मसाथ गर्दै शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका विभिन्न बिशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने बताइएको छ ।

जस अन्तर्गत महिला स्त्री रोग विशेषग्य डाक्टर नवीन तिरुवा सुगर, प्रेसर, थाइराइड, बाथ, दम , पेट,छाती तथा मुटुरोग विशेषग्य डाक्टर शम्भु खनाल, हाडजोर्नी तथा नशा रोग विशेषग्य डाक्टर रमेश अर्याल र टाउको नशा तथा मनोरोग विशेषग्य डाक्टर असिम रेग्मी लगायका डाक्टरहरुबाट शिविरमा सेवा प्रदान गरिनेछ ।

नेपाल अपडेट मिडियाको आयोजना तथा हाम्रो पोलिक्लिनिक बुटवलको प्राविधिक सहयोगमा शिविर भाड्गाउँ माध्यमिक विद्यालय रेसुङ्गा नगरपालिका ३ को प्रङ्गणमा पौष १४ गते शनिबार बिहान ९:३० बाट संचालन हुनेछ ।

बरिष्ठ डाक्टरहरुबाट बिशेषज्ञ सेवा दिने उद्देश्यले आयोजित यस शिविरमा गुल्मी अर्घाखाँची लगायत पायक पर्ने सबैले स्वास्थ्य लाभ लिन सक्ने बस्नेतले बताए ।
साथै “यस कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने छ भन्ने म आशा गर्दछु।” उनले भनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *