रुरुक्षेत्रले किसानलाई प्रोत्साहन गर्न आलुमा ५०% अनुदान दिने

साबित्रा पौडेल, मंसिर ०६ गुल्मी।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले किसानहरुलाई खेती गर्नको लागि थप उत्साहित बनाउनको लागि ५०% अनुदानमा आलुको बीउ बितरण गर्ने भएको छ।
गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रमअनुसार मागमा आधारित कृषि कार्यक्रम अन्तर्गत ५०% अनुदानमा आलुको बिउ बितरण गर्ने भएको हो।

अनुदानमा आलुको बीउ लिन चाहने कृषकहरुले गाउपालिकामा ब्यक्तिगत निवेदन,कृषकको नागरिकताको प्रतिलिपी,बीउ लगाउने जग्गाको लालपुर्जा वा भाडा सम्झौताको प्रतिलिपी र सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र पेश गर्नुपर्ने सुचनामा उल्लेख छ।
साथै, व्यसायीक रुपमा कम्तीमा १ रोपनी (१०० के.जी) आलु खेती गर्ने कृषकहरुले गाउँपालिकाले जारी गरेको सुचनाको ७ दिनभित्र कृषि शाखा वा सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न पनि अनुरोध गरेको छ।

रुरुक्षेत्रमा सामान्यतय सबै क्षेत्रमा आलु उत्पादन भएता पनि वडा नं २ को याडुङ,बोहा र ५ को टाहाटिम आलुको पकड क्षेत्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *