बैशाख ८ , गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामामा डढेलोमा परेर दुईजना घाइते भएका छन् । सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटाभन्दा धेरै घरगोठ पनि जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ को सामुदायिक वनमा ठूलो डढेलो लागिरहेको छ ।
डढेलोका कारण एकजना ट्याक्टर चालक र एकजना डोजर चालक घाइते भएका गुल्मीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिनुभयो । डढेलो बस्तीमा पस्दा अहिलेसम्म १५ वटा घर, पसल र गोठ जलेका छन् ।
आगो निभाउन कोशिस गरे पनि निकै ठूलो भएको र हुरी चलिरहेका कारण निभाउन समस्या भएको डीएसपी पोख्रेलले बताउनुभएको छ । गुल्मीका अरू चार ठाउँमा पनि ठूलो डढेलो लागेको छ । : रासस