गुल्मीको छत्रकोटमा उँखु महोत्सव सम्पन्न,उखु खेती प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्य

साबित्रा पौडेल , बैशाख ७ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकामा संचालित एक दिने उखु महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।


गाउँपालिकाको आयोजनामा संचालित एक दिने महोत्सव भव्यताका सम्पन्न भएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । महोत्सवमा बिभिन्न जातका उखु , खुदो तथा गूडका स्टलहरु राखिएको थियो ।

महोत्सव छत्रकोट गाउँपालिका ४ दिगामको कुडारचौरमा शुक्रबार बिहान ११ बजे गाउँपालिका अध्यक्ष रामपप्रसाद पाण्डे र जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रिले संयुक्त रुपमा गोरुबाट उखु पेलिने परम्परगात कोलमा उखु पेलेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पाण्डेले उखु खेतीलाई प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो । गाउँपालिकाले गत वर्ष खुदो र गुणबाट डेढ करोड आम्दानी गरेको उहाँको भनाइ छ ।

यस्तै जिल्ला समन्वय प्रमुख खत्रिले गाउँपालिकाले आयोजना गरेको महोत्सव सह्रानिय भएको बताउनुभयो ।

यस्तै गाउँपालिकाका पुर्व अध्यक्ष मधुकृष्ण पन्तले अघिल्लो कार्यकालमा छत्रकोटको खुदो र काठमाण्डौको टोखा नगरपालिकाको चाकु एक अर्कामा प्रचार प्रसार एवं ब्यापार आदन प्रदान गर्न भंगेनी सम्बन्ध स्थापित गरिएको बताउनुभएको थियो ।

महोत्सवमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरबहादुर पुनले उखु उत्पादनबाट किसानहरुको जिवोनस्तर उकास्न टेवा पुग्ने बताउनुभयो ।
दिगामका वडाध्यक्ष गुनाखर ज्ञवालीले उखु कृषकलाई प्रोत्सहित गर्न वडाले पनि विभिन्न कार्यक्रम अगाडी सारेको बताउनुभएको छ ।

गाउँपालिका अध्यक्ष पाण्डेले समन्वय प्रमुख खत्रिलाई उखु , खुदो र गुणको प्रदर्शन स्थलको अवलोकन गराउनुभएको थियो ।

महोत्सवमा खुदो र गुण उत्पादन व्यवसायमा सदियौं देखिको प्रशिद्ध थलो अगाह बजारका नेवार समुदायले आफुहरुको भेषभुषा सहित झाँकी निकालेका थिए ।

यस्तै लाखे नाचले महोत्सवमा थप मनोरञ्जन प्रदान गरेको थियो भने दिगामको प्रशिद्ध भजन मण्डलीहरुको प्रस्तुती थप आकर्षण केन्द्र बनेको थियो

महोत्सवमा स्थानीय कलाकार बाबुराम परियारले दिगमको उखु प्रचार सम्बन्धी बाजातालको गित निकालेर दर्शकलाई मनोरजन दिनुभएको थियो ।

महोत्सवमा उखुलाई पेल्ने तरिका र गुड, खुदो तयार गर्ने तरिकाबारे किसानले नमुना प्रदर्शनसमेत गरिएको थियो ।

कार्यक्रममा दर्जनौ अगुवा कृषकहरुलाई गाउँपालिकाले प्रसंशा पत्रसहित सम्मान गरेको थियो । भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

महोत्सवको अवलोकन गर्न छत्रकोट गाउँपालिका संगै छिमेकी पालिका बाट समेत दर्शकको सहभागीता रहेको थियो ।

छत्रकोट गाउँपालिकाले सुन्तला र खुदो र गुणलाई उद्योगका रुपमा विकास गर्दै आएको छ ।

गाउँपालिका भित्र रहेका गाउँले ग्रुप अफ ईन्डिष्ट्रज प्रालि, दिगाम उखु खुदो गुण क्रशर उद्योग , न्यौपाने कृषि तथा पशु फर्मा , श्रीधारापानी मानकोट उखु सहकारी संस्था लगायत दर्जनौ संस्थाले खुदो र गुण उत्पादनलाई उद्योगका रुपमा विकास गरेका छन ।
छत्रकोट गाउँपालिकाको वडा नं १ हुँगा, वडा नं ३ हर्दिनेटा, वडा नं ४ दिगाम, वडा नं ५ खर्ज्याङ उखु खेतिका लागि पकेट क्षेत्र मानिन्छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *