रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने

साबीत्रा पौडेल,मंसिर ४ गुल्मी।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्न खोज्ने किसानलाई भाडामा अनुदान दिने भएको छ।

गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार “जग्गा भाडामा लिएर खेती गर्न खोज्ने किसानलाई भाडामा अनुदान” उपलब्ध गराउने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनु भयो।

अनुदान लिन चाहने कृषकहरुले भाडामा अनुदान उपलब्ध गराउने सम्बन्धि कार्यविधि २०८० को परिछेद २ को दफा ५ बमोजिम व्यक्तिगत निवेदन,जग्गाधनी दर्ता प्रमाण पुर्जा,नागरिकको प्रतिलिपी तथा भाडा सम्झौताको प्रतिलिपी,फर्म दर्ता र कर चुक्ता प्रमाण पत्र सहित गाउँपालिकामा आवेदन दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनु भयो।

यस्तै, जग्गा भाडामा लिइ खेती गरेको किसानले कृषि फर्म दर्ता गरि व्यावसायिक रुपमा १५ रोपनी भन्दा माथी लिएको हुनुपर्ने,भाडामा लिएको जग्गाको ८० प्रतिशतमा खेती गरेको हुनुपर्ने,१ बर्षे वा सो भन्दा कम अवधीको बाली लगाउने भए कम्तीमा ५ बर्षको र बहुबर्षिय खेतिका लागि कम्तीमा १५ बर्षको सम्झौता भएको हुनुपर्ने गाउँपालिकाले निकालेको सुचनामा उल्लेख छ।

रुरुक्षेत्र गाउँपालिका गुल्मीले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Wordpress Social Share Plugin powered by Ultimatelysocial