गुल्मीदरबार गाउँपालिका गुल्मीमा मंसिर ७ गते सार्वजनिक बिदा

दिपा पन्थ,मंसिर ५ गुल्मी।

गुल्मीदरबार गाउँपालिका गुल्मीले मंसिर ७ गते बिहिवार सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाले आज एक सूचना निकाली जिल्लाको पवित्र धार्मिक तथा ऐतिहासिक स्थल रेसुङ्गामा लाग्ने महान पर्व हरिबोधिनी एकादशीको अवसरमा विगतका बर्षमा जस्तै यस बर्ष पनि मंसिर ७ गते सार्वजनिक बिदा दिएको छ ।

सूचनामा गाउँपालिका अन्तर्गतका सम्पुर्ण वडा कार्यलय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Wordpress Social Share Plugin powered by Ultimatelysocial