नेपाल उत्पीडित जातिय मुक्ती समाज द्वारा बिद्यार्थीलाई न्यानो कपडा तथा पाठ्य सामग्री वितरण

नेपाल उत्पीडित जातिय मुक्ती समाज जिल्ला कमिटी गुल्मीले ३६औँ स्थापना दिवसको अवसरमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ३ झमादीको प्रेम बिष्णुदेवी प्राथमिक बिधालयका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा पाठ्य सामग्री वितरण गरेको छ।

बिधालय भित्रका विपन्न तथा जेहेन्दार एवं आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाई थोरै भए पनि राहत मिलोस भन्ने उद्देश्यका साथ सामग्री वितरण गरिएको कार्यक्रमका अध्यक्ष तथा मुक्ती समाजका कार्यवाहक अध्यक्ष दिपक बरालले बताउनुभयो।

जसान्तर्गत

स्विटर २९ थान, कापी ४५० वटा, पेन्सिल २०० वटा तथा ईलेजर र कटहर गरी २ प्याकेट प्रदान गरिएको थियो। यस्तै, अन्य आवश्यक सामान खरिद गर्न सजिलो होस भनेर नगद १६,१५० रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ती समाज जिल्ला कमिटी गुल्मीका कार्यवाहक अध्यक्ष दिपक बरालको अध्यक्षता तथा केन्द्रिय सदस्य दल बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो।


यस्तै रुरुक्षेत्र ३ का वडा अध्यक्ष शेष नारायण पौडेलको बिशेष आतिथयता रहेको कार्यक्रममा मुक्ती समाज लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कृष्ण विश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ती समाज गुल्मीका ईन्चार्ज गोपाल सुनार,
मुक्ती समाज लुम्बिनी प्रदेश सदस्य यम बहादुर नेपाली,जुना विश्वकर्मा, सरिता सुनार जिल्ला सदस्य सुवर्ण बराल, मुक्ती समाज रुरु गाउँ कमिटी अध्यक्ष कृष्ण बि क, सचिव ममता सुनार, रुरुक्षेत्र गाउँपालिका सदस्य मिना नेपाली लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वकर्माले आफू शिक्षाको क्षेत्रमा दलित शिक्षक भएर पनि अपमानित भएको तितो अनुभव सुनाउदै कसैको खुबी वा क्षमतालाई कसैले छेक्न नसक्ने बताउनुभयो । साथै हरेक सामाजिक काममा दलित वर्ग अगाडि रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रम बोल्दै विशेष अतिथि पौडेलले रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर ३ मा सबैभन्दा बढी दलित समुदाय रहेको बताउदै ३७ प्रतिशत जनसंख्या दलित रहेको जानकारी दिनुभयो । चेतनाको स्तरले मात्रै समाजको परिवर्तन पक्का हुने र सबै वर्गको विकास बाट मात्रै सिंगो राष्ट्रको विकास हुने बताउनुभयो ।

यस्तै बुबा आमाको संझनामा मदन बस्याल (नेपाली ) ले आफू दलित भएकै कारण पढ्न नपाएको र सोही विद्यालय २०७१ सालमा खोल्नुभएको हो । जहाँ ९८ प्रतिशत दलित विद्यार्थीहरुले पढ्ने गर्छन् ।

कार्यक्रममा बोल्दै बिध्यालय ब्यवस्थापन समिती अध्यक्ष्य जनक नेपाली र बिध्यालयकी प्र.अ साबित्रा नेपालीले जिन्सी तथा सहयोग रकम उपलब्ध गराएकोमा दुर्गा विश्वकर्मा र नेपाल उत्पीडित जातिय मुक्ती समाजलाई धन्यवाद दिनु भयो।


कार्यक्रमको संचालन मुक्ती समाज जिल्ला सचिव दुर्गा विश्वकर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *