गुल्मीदरबार गाउँपालिकाको एकीकृत घुम्ती शिविर सम्पन्न,दुइ हजार बढी नागरिक लाभान्वित

पुष ५ गुल्मी/सबित्रा पौडेल:

गुल्मीको गुल्मीदरबार गाउँपालिकामा पालिका भित्रका नागरिकहरुको सहजताका लागि संचालित एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

गाउँपालिकाको बार्षिक निति तथा कार्यक्रम अनुसार पालिका भित्रका नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने उद्देश्यका साथ मंसिर २४ गतेदेखी सुरु गरिएको घुम्ती शिविर बुधवार सम्पन्न भएको हो ।

पालिकाभित्रका सम्पुर्ण वडामा संचालन गरिएको घुम्ती शिविरबाट जम्मा २,२४२ जनाले सेवा लिएका गाउँपालिका अध्यक्ष सरोज थापाले बताउनुभयो ।


जसमध्ये पहिलो दिन वडा नं १ बलिथुममा सेवा प्रदान गरिएको थियो । बलिथुममा संचालित शिविरमा योजना सम्झौता १६, व्यवसाय दर्ता तथा नवीकरण ४०, ज्येष्ठ नागरिक परिचयपत्र वितरण ५, निशुल्क स्वास्थ्य परिक्षण र औषधि ५७ ,माटो परिक्षण २ ,पशुपंक्षी सम्बन्धि परामर्श र औषधि वितरण ८० तथा अपाङ्ग परिचयपत्र वितरण ५ गरि जम्मा २०६ जनाले सेवा लिएका थिए।

यस्तै २ नं वडा कार्यालय जुभुङ्गमा संचालित एकीकृत घुम्ती शिविरमा योजना सम्झौता २४, व्यवसाय दर्ता तथा नवीकरण ४२, ज्येष्ठ नागरिक परिचयपत्र वितरण १८७, निशुल्क स्वास्थ्य परिक्षण र औषधि ११०, माटो परिक्षण २, पशुपंक्षी सम्बन्धि परामर्श र औषधि वितरण १०६ र अपाङ्ग परिचयपत्र वितरण ४ गरि ४७७ जनले सेवा लिएका अध्यक्ष थापाले बताउनुभयो ।

वडा नं ३ राजामा संचालित शिविरमा जम्मा २३४ जनाले सेवा लिएका गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले जानकारी दिनुभयो।
जसमध्ये योजना सम्झौता १७, व्यवसाय दर्ता तथा नवीकरण ८, ज्येष्ठ नागरिक परिचयपत्र वितरण २८, निशुल्क स्वास्थ्य परिक्षण र औषधि ७३, माटो परिक्षण ९, पशुपंक्षी सम्बन्धि परामर्श र औषधि वितरण ९२ र ४ जनाले अपाङ्ग परिचयपत्र वितरण सम्बन्धि सेवा लिएका थिए।

गाउँपालिकाको वडा नं ४ विरबासमा संचालित शिविरमा योजना सम्झौता २८, व्यवसाय दर्ता तथा नवीकरण ४३, ज्येष्ठ नागरिक परिचयपत्र वितरण ५७, निशुल्क स्वास्थ्य परिक्षण र औषधि १३६ ,माटो परिक्षण १६, पशुपंक्षी सम्बन्धि परामर्श र औषधी वितरण १७५ र अपाङ्ग परिचयपत्र वितरण २ गरि ४६१ जनालाई सेवा प्रदान गरिएको उपाध्यक्ष ढेंगाले बताउनुभयो।

यस्तै ५ नं वडा कार्यालय अमर अर्वाथोकमा योजना सम्झौता १८, व्यवसाय दर्ता तथा नवीकरण ३८, ज्येष्ठ नागरिक परिचयपत्र वितरण ३८, निशुल्क स्वास्थ्य परिक्षण र औषधि १००, माटो परिक्षण ६, पशुपंक्षी सम्बन्धि परामर्श र औषधी वितरण ९० तथा अपाङ्ग परिचयपत्र वितरण १ गरि २९६ जनाले सेवा लिएका थिए।

यसैबीच वडा नं ६ उपल्लो हटियामा योजना सम्झौता १७, व्यवसाय दर्ता तथा नवीकरण २१, ज्येष्ठ नागरिक परिचयपत्र वितरण ११, निशुल्क स्वास्थ्य परिक्षण र औषधि ७०, माटो परिक्षण २३, पशुपंक्षी सम्बन्धि परामर्श र औषधि वितरण ८२ तथा अपाङ्ग परिचयपत्र वितरण ४ गरि २३४ जनाले सेवा लिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिनुभयो।

वडा नं ७ ठुलोपोखरामा जम्मा ३३४ जनाले सेवा लिएका प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो ।

जसमध्ये योजना सम्झौता २९, व्यवसाय दर्ता तथा नवीकरण ४१, ज्येष्ठ नागरिक परिचयपत्र वितरण ३, निशुल्क स्वास्थ्य परिक्षण र औषधि ११४, माटो परिक्षण १३, पशुपंक्षी सम्बन्धि परामर्श र औषधि वितरण १२६ तथा अपाङ्ग परिचयपत्र १ जनाले बनाएका थिए।

गाउँपालिकाले संचालन गरेको एकीकृत घुम्ती शिविर प्रभावकारी बनेको अध्यक्ष थापाले बताउनुभयो।

सानो कामका लागि पालिका धाईरहनु पर्ने नागरिकलाई वडा तहमै सेवा प्रदान गर्न पाउँदा आफुहरुलाई निकै गर्भ लागेको प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो।

यसैबिच गाउँपालिकाको सेवा वडा तहमा प्रदान गर्न पाउँदा थोरै भए पनि समयको बचत भएको र आफुहरुलाई सजिलो भएको पालिकावासीले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *