साबित्रा पौडेल, पुष ४ गुल्मी।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा निशुल्क आँखा शिविर,उपचार र मोतिबिन्दुको अपरेसन हुने भएको छ।
west Nepal Development Trust बुटवलको आयोजना, पाणीनी गाउँपालिकाको सहयोग- व्यवस्थापन र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र अर्घाखाँचीको प्राबिधिक सहयोगमा यहीँ पुष ६ गते निशुल्क आँखा स्वास्थ्य शिवीर हुन लागेको हो।
एक दिने आँखा शिविर गाउँपालिकाको दुर्गाफाट बरकारुख आयुर्वेद भवनमा हुने गाउँपालिकाले सुचना जारी गर्दै उल्लेख गरेको छ।
निशुल्क आँखा शिविर यहीँ पुस ६ गते हुने भएकाले गाउँपालिका भित्रका आँखा सम्बन्धि समस्या भएका बिरामिले सम्पर्क गरि सेवा लिन सक्ने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताउनुभयो।