साबित्रा पौडेल, पौष ३ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका भित्रको रातामाटा कफी अनुसन्धान केन्द्र सडक केही दिनका लागि बन्द हुने भएको छ।
गाउँपालिकाको वडा नं १ र २ ( गोलपोखरी बेशिकाचौर) जोड्ने झोलुङ्गे पुल निर्माण भईरहेको हुँदा ति क्षेत्रमा सवारी आवागमन बन्द हुने भएका हुन।
रातामाटा कफी अनुसन्धान केन्द्र सडकको जोका चौपारी खण्डमा यहीँ पौष ४ गतेदेखी १८ गतेसम्म सवारी आवागमन बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न
गाउँपालिकाले एक सुचना जारी गर्दै अनुरोध गरेको छ।
उक्त खण्ड निर्माणको कार्य रामकृष्ण/एस.आर .जेभी. ले गरिरहेको छ।